एजेन्सी, १६ कार्तिक । माल्दिभ्स सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सूर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको शुरुआतमा घोषणा गर्नुभएको यो नीति नोभेम्बर १ अर्थात् आजदेखि कार्यान्वयनमा आएको हो ।
माल्दिभ्सको मन्त्रालयले यसलाई जनस्वास्थ्यको संरक्षण र सूर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक कदम भनेर व्याख्या गरेको छ । यो प्रतिबन्ध सबै प्रकारका सूर्तीजन्य पदार्थमा लागू हुनेछ । खुद्रा विक्रेताहरूले बिक्री अघि खरिदकर्ताको उमेर प्रमाणित गर्नुपर्नेछ ।
विद्युतीय चुरोटमा भने सबै व्यक्तिलाई प्रतिबन्ध लगाएको छ । नियम उल्लङ्घन गर्नेलाई कडा सजाय तोकिएको छ । १८ वर्षमुनिका व्यक्तिलाई सूर्तीजन्य वस्तु बेच्ने व्यापारीलाई ५० हजार माल्दिभ्सी रुफिया जरिवाना हुनेछ भने विद्युतीय चुरोट प्रयोग गर्नेलाई पाँच हजार रुपैयाँसम्मको जरिवाना हुनेछ ।










प्रतिक्रिया दिनुहोस्