राजनीति

मेयर शाहले हटाए स्टाटस, उनीमाथि चर्को आलोचना



काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यराति एउटा स्टाटस लेखे ।

अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो ।

पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।