राजनीति

माओवादी सचिवालय बैठक आज पनि बस्दै



काठमाडाैँ, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गरेका थिए ।  तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै लिखित प्रस्ताव राखेर बाहिरिएका थिए ।

कार्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बस्ने र १८ गते एकता घोषणाको तयारी भइरहेको छ । यस विषयमा आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।