राजनीति

बालेनप्रति लक्षित गर्दै मन्त्री पुनले भने, ‘सर्को तानेको बेला नलेखौँ’



काठमाडाैँ, १६ कार्तिक । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति शिक्षामन्त्री महावीर पुनले ‘सर्को तानेका बेला’ भनी व्याख्या गरेका छन् । तर उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् ।

मेयर शाहले लेखेको स्टाटस अश्लिल भन्दै चर्को आलोचना भएपछि हटाएका थिए । अहिले सामाजिक सञ्जालमा शाहको उक्त स्टाटसको स्कृनसर्टप्रति चर्को बहस भइरहेको छ ।

पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नलेख्न न नबोल्न अनुरोध छ ।”