गुल्मी, १६ कार्तिक । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।
गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् ।
विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्