समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, १६ कार्तिक । काठमाडौँबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरितासहित ६ जनालाई गएराति पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।