मनोरञ्जन

‘धागो’को ट्रेलर सार्वजनिक



काठमाडौँ, १६ कार्तिक । फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको ट्रेलर परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरेको छ ।

उदिप राणा थापा निर्देशित फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक कथामा बनेको हो ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ भने उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा रहेकी छन् ।