काठमाडौँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन् । यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ ।
राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए।










प्रतिक्रिया दिनुहोस्