काठमाडौँ, १७ कार्तिक । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो ।
कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्