समाचार

भैरहवामा गोली चल्यो



काठमाडौँ, १८ कार्तिक । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ ।

गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।