काठमाडौँ, १८ कार्तिक । बजारमा आलुको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको मूल्य घटेको हो ।
बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको रातो आलु आज प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हिजोको तुलनामा आज सेतो आलु प्रतिकिलो मूल्य ७ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । आज सेतो आलु प्रतिकिलो थोकमा ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्