Banner News

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबीच एकता घोषणा हुँदै



काठमाडौँ, १९ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ ।

पार्टीबीच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताए । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ ।

एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।