समाचार

टाउकोमा चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु



काठमाडौँ, १९ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।