काठमाडौँ, १९ कार्तिक । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई पक्राउ गरेको हो ।
म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा साहले पारी संवेदनशील अंगहरू देखाउन लगाई नांगो तस्विर/भिडियोको स्किृनसर्ट गरेका थिए । उक्त तस्बिरहरु फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका साहविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।










प्रतिक्रिया दिनुहोस्