राजनीति

एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ : मुख्यमन्त्री कार्की



विराटनगर, १९ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताएका छन् ।

नेकपा (एमाले) महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई बुधबार सम्बोधन गर्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको दावी गरे ।

मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।