राजनीति

स्काउटद्वारा खड्का ल्याण्डलाई चेतवानी, ‘७ दिनभित्र बहाल चुक्ता नगरे सामान जफत’



काठमाडौँ, २० कार्तिक । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ ।