काठमाडौँ, २० कार्तिक । दल दर्ताका लागि निवेदन दिएकाले अबको १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने गरी समय तय गरेको छ ।
निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ । यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ ।
जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी आन्दोलनपछि थप ९ दल दर्ताका लागि निवेदन परेको छ । १८ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।
आयोगमा हाल दल दर्ताको प्रमाणपत्र लिइसकेका दलको संख्या १२५ छ । त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्