काठमाडौँ, २० कार्तिक । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्