काठमाडौँ, २० कार्तिक । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो ।
कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै लोकल गोलभेँडाको प्रतिकिलो २५ रुपैयाँले बढेको छ । बुधबार ३० रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको मूल्य आज प्रतिकिलो ५५ रुपैयाँ कायम छ ।
टनेलको सानो गोलभेँडा भने आज किलोको ९० रुपैयाँमा किनबेच भइरहेको छ । एकसाताअघि भने गोलभेँडा प्रतिकिलो ५२ देखि ७० रुपैयाँसम्म किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्