काठमाडौँ, २० कार्तिक । एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १० बजे जिल्लाको जहदा गाउँपालिका–०३ हातिबन्दास्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र दुई वटा कालो रङ्गको झोलामा लुकाएर राखिएको ३३.६१० किलोग्राम अवैध गाँजा फेला परेको थियो ।
प्रहरीले गाँजासहित एम्बुलेन्स चालक विराटनगर–०५, कोचाखल निवासी ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गरिरहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा–०३, हातिबन्दाका ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्