काठमाडौँ, २१ कार्तिक । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपालको दार्चुला, भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।










प्रतिक्रिया दिनुहोस्