काठमाडौँ, २१ कार्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन् ।
प्रहरीका अनुसार, सुनारलाई आज बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएका थिए । तत्काल प्रहरीलाई खबर भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए ।










प्रतिक्रिया दिनुहोस्