काठमाडौँ, २१ कार्तिक । कात्तिक पूर्णिमाको अवसरमा रौतहटको बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन् ।
प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए ।
बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले खोजतलासको क्रममा शुक्रबार बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्