काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाका अनुसार, डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको हो ।
कार्यालयले स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । डोल्पाको स्याउ पोखरा र काठमाडौँजस्ता ठूला सहरहरूमा पुगेको छ ।
यस वर्ष ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्