काठमाडौँ, २३ कार्तिक । नेपाल टेलिकमले देशभर उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवाको माग बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ ।
यस योजना वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि हो ।
आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे ।
- मूल्य तथा अवधि: करसहित रु. ४,९९९ मा एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट सेवा।
- अन्य शुल्क: साविकको जडान शुल्क रु. ५०० थप लाग्नेछ।
- निःशुल्क सुविधा: विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन्।
- आवेदन प्रक्रिया: विद्यार्थीले १९८ मा सम्पर्क गरी, डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।
यो अफर आजबाट सुरु भई २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ। विद्यार्थीले आवेदन फारमका साथ भ्यालिड विद्यार्थी आइडी कार्ड र स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ।










प्रतिक्रिया दिनुहोस्