राजनीति

तल्लो हेवा खोला जलविद्युत् आयोजनाको ऋण सम्झौता



पाँचथर, २४ कार्तिक । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ६.८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ । आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने बताइएको छ ।