राजनीति

एमालेका यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त



काठमाडौँ, २४ कार्तिक । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

धेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् । प्रदेश प्रमुख भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।