अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।