राजनीति

एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला



काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ ।

नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय दलको बैठक बोलाएको जानकारी गराएका छन् ।

उनले भने, ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु’, ।