भक्तपुर, २५ कार्तिक । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपाल, जिल्ला कमिटीको संयोजकमा दिपेश विसुङ्खे चयन हुनुभएको छ ।
संघका निवर्तमान अध्यक्ष रविना थापा पोखरामा सम्पन्न केन्द्रीय कमिटीको अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपश्चता विसुङ्खेलाई संयोजकको जिम्मेवारी तोकिएको छ । संघको विधान अनुसार जिल्ला कमिटीले प्रत्येक दुई÷दुई वर्षमा अधिवेशन गरी नयाँ नेतृत्व छनोट गर्नुपर्छ । जस अनुसार संघको भक्तपुर जिल्ला कमिटी समयावधी करिव ६ महिना अघि नै सम्पन्न भएको थियो । केन्द्रीय अधिवेशन हुने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
विसुङ्खेको नेतृत्वमा अवको ६ महिनाभित्रमा जिल्ला अधिवेशन गर्ने गरी संयोजक तोकिएको संघले जनाएको छ । संयोजकको जिम्मेवारी पाएपश्चात उहाँले भन्नुभयो, ‘संघले यस्तो विषम परिस्थितीमा मलाई विश्वासका साथ जिम्मेवारी मेरो काँधमा सम्पेको छ । यसलाई अक्षरस पुरा गर्नेछु । परिस्थिती अनुसारको जिम्मेवारी पुरा गर्छु । पार्टीको हितको निम्ती विशेष रणनीति वनाई आगामी निर्वाचनमा भक्तपुर युवाको विश्वास, भरोषा र भविष्यको आधार भनेको नै ‘राष्ट्रिय युवा संघ हो, एमाले हो’ भन्ने कुरा युवाहरुलाई विश्वस्त पार्दै ‘भक्तपुर जिल्ला एमालेको लालकिल्ला’ भन्ने नारालाई यथार्थमा रुपान्तरण गर्ने गरी लाग्नेछु ।’










प्रतिक्रिया दिनुहोस्