राजनीति

भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ : मन्त्री खनाल



काठमाडौँ, २५ कार्तिक । अर्थमन्त्री रामेश्वर खनालले खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय प्रगति गरेको बताएका छन् ।

आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानुन बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अहिले  त्यस्तो नरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले कानुन मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौं। यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौं,’ ।