अर्थ

आज नेप्से परिसूचक झिनो अंकले बढ्यो



काठमाडौँ, २५ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेकोे छ ।

आज नेप्से परिसूचक ३.२१ ले बढेर २,५६५.१६ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । सोमबार चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबबिक्री भएको थियो ।

आज १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०२ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ऋणपत्र १० प्रतिशतले बढेको छ । १० वर्षे अवधिको आठ प्रतिशत ब्याज दिने यो ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजार घटेको समयमा लगानीकर्ता बढी ब्याज दिन ऋणपत्रमा लगानी गर्न इच्छुक देखिएका छन् ।

बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र माबिलुङ इनर्जीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ ।