Banner News

सरकार र मेलम्चीका स्थानीयबीच १६ बुँदे सहमति



काठमाडौँ, २६ कार्तिक । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच १६ बुँदे सहमति भएको छ ।

मंगलबार राति सहमति भएको हो । सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने  सहमति भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए । ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए ।

579406372_816508437895712_5766537904870983646_n-1762879643.jpg

566631679_847943680914551_3727393165133530287_n-1762879642.jpg

582411573_1370613504468284_5204187438734107110_n-1762879642.jpg