काठमाडौँ, २६ कार्तिक । बजारमा नेपाली लसुनको मूल्य घटेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आज नेपाली लसुनको म्मुल्या घटेको हो ।
कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको छ ।
मंगलबार नेपाली लसुन थोकमा १ सय ४५ रुपैयाँमा किनबेच भएकोमा आज १ सय २५ रुपैयाँ कायम छ ।
तर, चिनियाँ लसुनको भाउ आज स्थिर छ । चिनियाँ लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्