काठमाडौँ, २६ कार्तिक । धनुषामा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन् ।
अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ । साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्