अर्थ

नेप्से २०.५६ अंकले घट्यो



काठमाडौँ, २६ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.५६ अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २,५४४.५९ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम बढेको छ । यस दिन तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ४९ कम्पनीको सेयरमूल्य बढ्दा १९८ को घटेको छ । सात कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज भूगोल इनर्जी र सागर डिस्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जीको सेयरमूल्य प्रति कित्ता ५२२ रुपैयाँ १० पैसा कायम भएको छ । सागर डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ५१६ रुपैयाँ २० पैसा कायम भएको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम र बुंगल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । हिजोसम्म ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको दरमखोला हाइड्रो इन्जिनियरिङको सेयरमूल्य आज ८.७२ प्रतिशतले घटेको छ ।