काठमाडौँ, २७ कार्तिक । गायिका एलिना चौहान अब क्यानडामा गुञ्जिने भएकी छन् ।
बुधबार उनले औपचारिकरुपमा क्यानडामा सांगीतिक टूरको घोषणा गरेकी छन् ।
अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको यो उत्तर अमेरिकी टूरलाई लिएर एलिना उत्साहित सुनिएकी छन् । उनको टूर २३ डिसेम्बरमा नायगरा फल्ससँग जोडिएको रमणीय क्यानडेली सहर ओन्टारियाको क्याम्ब्रिजबाट सुरु हुनेछ ।
२६ डिसेम्बरमा एडमन्टन, २७ डिसेम्बरमा क्यालगरी, ३१ डिसेम्बरमा टोरन्टोमा उनले प्रस्तुति दिने तय छ । यसको जानकारी एलिनाले सामाजिक सञ्जालमार्फत गराएकी छन् ।
एलिनाको क्यानडा टूरको आयोजना आँगन इभेन्ट्सले गरेको हो ।










प्रतिक्रिया दिनुहोस्