राजनीति

ऊर्जामन्त्री घिसिङले बुझाए सम्पत्ति विवरण



काठमाडौँ, २८ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । सञ्चारमन्त्री जगदीश खरेल  र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।