काठमाडौँ, २८ कार्तिक । क्यूएफएक्सले फिल्म ‘जारी २’ लाई सुपरहिट फिल्मको मान्यता दिएको छ ।
आज दिउँसो क्यूएफएक्सको वेबसाइटमा ‘जारी २’ लाई सुपरहिट ट्याग दिइएको छ । यद्यपी, यो मान्यताले अन्य हलको प्रतिनिधित्व भने गर्दैन ।
चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा उपेन्द्र सुब्बा निर्देशित र अभिनित फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टले जनाएको छ ।
आफ्ना हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्ड छ ।
तर, कुनै पनि फिल्मले अहिलेसम्म ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्