राजनीति

गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता



काठमाडौँ, २८ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीचबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच आज भएको भेटमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेन-जी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्यिकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे चर्चा भएको थियो । 

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधैँ प्रगाढ रहिरहनेसमेत बताए ।