नेकपा (एमाले)ले आज देशैभरी जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांस जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा ब्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौं’ गौतमले भन्नुभयो । गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरी वडा भेला भएको छ । २५ गते अधिकांस पालिकाहरुमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरु जनसभा हुँदैछन् । जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिनुभयो ।
आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नुहुनेछ भने उपमहासचिव प्रदिप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुहुनेछ । यसैगरी रुपन्देहीम हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा अर्का सचिव पद्ध्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्