राजनीति

जेनजी आन्दोलनको दमनको जिम्मा केपी ओली र रमेश लेखकले लिनुपर्छ : नेता रावल



काठमाडौँ, २९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवार हुनुपर्ने बताएका हुन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।

उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताए । उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको आशङ्का गरे ।