पर्सा, २९ कार्तिक । पर्सामा अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको ‘मनी मोल एकाउन्ट’ खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जालमार्फत फिशिङ, ओटिपी फ्रड, जब स्क्याम तथा फेक अनलाइन बिजनेश स्क्याम र एआईबाट विभिन्न कम्पनीको कागजात बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा उनीहरू संलग्न थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई ४३ थान एटिएम कार्डसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढीको अवैध कारोबार गरेको खुल्न आएको छ ।










प्रतिक्रिया दिनुहोस्