राजनीति

एमालेको ‘वृहत खुल्ला रक्तदान’: ५३ जनाद्वारा रक्तदान



भक्तपुर, ३० कार्तिक । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शनिबार सूर्यविनायक नगरपालिका-७ स्थित गुण्डुमा भएको रक्तदान कार्यक्रमबाट ५३ जनाले रक्तदान गरेको जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी गराए । उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले बताए । एमाले केन्द्रीय सदस्यद्धय निर्मल भट्टराई एवं तुलसा दहालको विशेष उपस्थितमा भएको खुल्ला रक्तदान कार्यक्रममा वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले समेत रक्तदान गरेका थिए ।

केन्द्रीय सदस्य निर्मल भट्टराईले रगतको अभावबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने ध्येयका साथ एमाले भक्तपुरले आयोजना गरिएको रक्तदानमा आयोजक संस्था एवं रक्तदाताहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।