राजनीति

नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर बन्यो: पूर्वप्रधानमन्त्री डा. भट्टराई



काठमाडौँ, ३० कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म-समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !’