राजनीति

अध्यक्ष ओलीको प्रश्न : यो सरकार कसको प्रतिनिधि हो ?



काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । 

आइतबार बिहान प्रेस चौतारी नेपालको नेतृत्वसँग आफ्नै निवास गुण्डुमा भएको छलफलमा अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र संसदबाट नबनेको उल्लेख गर्दै दलबाट र  जेनजीबाट पनि नबनेकोले यो सरकार कस्को भन्नेमा प्रश्न रहेको बताए । 

उनले भने, ‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ ।  आखिर यो सरकार कसको हो ?’