काठमाडौँ, १ मंसिर । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले रायसुझावका लागि आइतबार सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणमा राजनीतिक दल र उम्मेदवारले निर्वाचनासम्बन्धी खर्च गर्दा बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सो खाताबाट गर्नुपर्ने, खर्च गर्दा उम्मेदवारले खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्