काठमाडौँ, १ मंसिर । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।
निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन २१ गते हुँदैछ । उक्त चुनावका लागि तयार आचारसंहितामा गैरसरकारी संस्था वा विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था आचारसंहिताको बुँदा नम्बर १२ मा छ ।
गैरसरकारी संस्था वा विकास साझेदार संस्था तथा त्यस्तो संस्थासँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचरणलाई ९ वटा बुँदामा समेटिएको छ ।










प्रतिक्रिया दिनुहोस्