राजनीति

अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत



काठमाडौँ, १ मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएका छन् ।

उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।

कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’

भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । तर एमालेले घर फर्क अभियान घोषणा गरेर रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई भित्राएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए ।