विश्व

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर



काठमाडौँ, १ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाईमानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले आज हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।

यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन् ।